यो महिना आफैमा फरक लाग्छ। अझै एक कथा जोड्नु पर्दा कुनै एक समयमा एक पण्डित थिए। भिक्षा-दान बाट पाएको कुराबाट आफ्नो जिवन चलाउथे। जसो तसो जाडो खेप्दै माघ सम्म आए पण्डित तर यस महिनामा आएर आफ्नो दानमा पाएको गाइ पनि बेच्न पर्यो जाडोबाट बच्नको लागि कम्मल किन्न भनेर। कति डर छ माघ प्रति भन्ने यहि बाट नै पुष्टि हुन्छ । त्यसैल त यो महिना फरक छ नि तर पनि माघ महात्माको महिना हो। स्वस्थानी व्रतकथा श्रवण गरी मन तृप्त बनाउने समय हो यो। यस समयमा जन्मिन पाउनु नै भाग्य हो।
कति भाग्यमा नि है हामी दुवै भन्ने मन मनै सोच्दै भित्तामा झुण्डाइएको क्यालेण्डर हेर्छु। माथि बाट म तिम्रो जन्मदिन हेर्छु। अनि तल आउछु म मेरो जन्मदिनमा। अचम्म को संयोग परेको रहेछ। अघि बाट दुइ दिन छोडेर तिम्रो जन्म दिन अनि महिनाको पछि बाट दुइ दिन छोडेर मेरो जन्म दिन। भन्न त मन थियो ह्याप्पि वर्थ मन्थ टु अस तर पनि तिमी सङ्ग न बोलचाल छ राम्रो सङ्ग न त म सङ्ग आँट नै छ तिमीलाइ भन्ने।
एक वर्ष तिम्रो जन्मदिनमा केक काटेर हाम्रो वर्थ मन्थ मनाउने अनि अर्को वर्ष मेरो जन्मदिनमा केक काटेर हाम्रो वर्थ मन्थ मनाउने सपना लिएर बसेको छु म।
यो विशेष महिनाको केहि समय लिए है मैले
जिवनको अन्तिम समयमा नि हात समातेर केक काट्दै
एकले अर्को लाइ खुलाउदै
एक अर्काको गन्थन सुन्दै
वर्थ मन्थ मनाउन पाउँ
यति भन्दै वर्थ मन्थको शुभकामना दिए है मैले
0 Comments