Advertisement

मूड अफ | शुशिल यायावर

Views
https://unsplash.com/photos/E8H76nY1v6Q?utm_source=unsplash&utm_medium=referral&utm_content=creditShareLink


मैले ३-४ दिनको ब्रेक लिएर आएकी उस्लाइ भने म तिम्रो याद गर्दै थिए भनेर,  उस्ले जवाफमा भनिदिइ मलाइ अर्को एकजनाले पनि यही भन्दै थियो भनेर । अनि सुरु हुन्छ मुड अफ! ! ! 

शत्रु र रोगलाइ कहिल्यै सानो ठान्नु हुन्न भनेर आमा भन्नु हुन्थ्यो। त्यसमा आमाले इग्नोरेन्स सायद जोड्न बिर्सिनु भयो होला। या उहाँ यस शब्दसॅंग सरोकार गर्नु भएन होला। त्यसैले त म अनविज्ञ भए नि यस्तो किसिमको परिस्थिति देखि। जब जब उस्को मेसेज आउथ्यो मेरो मनको घर कति भरिभराउ हुन्थ्यो। अहिले त यो लास जलाएर फर्किसकेपछिको मसानघाट जस्तो भयो। बद्लिदो मौसमलाइ परिवर्तन गर्न सकुँला म तर बद्लिदो मुडलाइ अहॅं। मेरो बसमा छैन यो मुड। आफ्नो भन्ने कोहि नहुने रैछ जिन्दगी मा भन्ने सोच आउछ। म लामो सास फेर्छु। जिन्दगी को खेलको गुनासो गरेर नै नसकिने। आफ्नो दुःख मा आफै मडारिन सक्नु पर्छ। अनि जसो-तसो काटिन्छन्। दु:खका दिनहरु। 

शब्दहरुको सन्जालमा रुमलिदै रात बितेको पत्तो भएन। आकाशमा उड्ने चरालाइ गुलेलि ताकेर दौडने मन आज स्थिर छ। आज न दौडिने जोश छ न त गुलेलि ताक्ने जाँगर नै। हिजोका शब्दमा अस्ति अस्ति गरेको माया बिलिन हुदै थियो। अब त याद र झझल्काहरु मात्र सिमित भए मनमा तर यादमा जोडिएकि उ नै बाँकी रहिन मनमा । भन्न लाइ पो बाँकि रहेन तर सोच भने उस्कै हुन्थ्यो पहिले पनि र अहिले पनि उस्को नै छ।

घरमा सानो सानो कुरामा रिसाएर मुड अफ हुने जस्तो मुड अफ थिएन यस पटकको। उस्को साथ लामो समयसम्म मिल्छ भनेर म हाम्ले भेट्ने भनेर बनाएको प्लान भन्दा धेरै अघि निस्किन्थे म घरबाट। छिटो छिटो पुग्नु छ गन्तब्यमा भन्दै सङ्गै चालिन्थ्यो पाइलाहरु। हाम्रो नजर मा पर्ने टाढाका मानिसहरुलाइ देखाउदै उस्ले भन्ने गर्थी हामी धेरै नै अघि जानु छ। आज टाढाका मानिसहरुलाइ हेर्ने मेरा एक जोर आँखा मात्र छन्। अर्को एक जोर आँखा जिन्दगी बाट फुत्केर खै कहाँ हराए। आज गन्तव्य मा पुग्न आटेका दुइ पाइलामात्र छन्। अर्को दुइ पाइला जिन्दगी बाट फुत्केर खै कहाँ हराए। आज प्लान बनाउने म एक्लो छु। मेरो प्लानमा थपघट गर्ने उ नै हराइ। सायद मेरो जिन्दगी को डोरी र उस्को जिन्दगी को डोरीले एउटा दरिलो गाँठ बनाउन सकेको रहेनछन्।

जतिजति दिनहरु बित्दै थिए त्यति त्यति म पुराना दिनहरुका लागि तड्पिदै थिए। दिन उस्को एक झल्को देख्न हिडिरहन्थे। रात उस्को मेसेज को प्रतिक्षामा हुन्थे। कति मनोमयी थिए ति दिनहरु! कति मायावी थिए ति रातहरु! प्रेमिल मनमा स्वप्निल समयहरु बिताउथेउ हामिहरू। प्रेममय मौसम अनि रङ्गमय सन्सार मा हामीहरु मायाका कुरा गरेर जिन्दगी स्वर्गीय बनाउथेउ। मानसपटल भरी दुगुरेर आएका ती लस्करहरु एकाएक टक्क अडिए। अन्धकार भयो । मौसम परिवर्तन हुदै गयो। प्रेम अब कुनाकानी तिर खोज्न जान पर्ने भयो। एकतर्फी मेरो तर्फबाट त प्रेम अझै जिवीत नै थियो तर एकतर्फीले केही नहुने रहेछ।अब त मायाका कुरा विरलै दिमागमा आउन थाले।

जब उस्ले भनेको अर्को एकजना मेरो दिमागमा आउथ्यो नि,  म मेरो मनलाइ सम्हाल्नै सक्दिनथे। मेरो मन पागल भएर बतास सॅंगै उडी कहाँ पुगी जान्थ्यो कहाँ। थकित मनको चक्करमा शरीर गलेर आउथ्यो। आँत सुक्दै थियो। शरीर भरी पसिना छुट्दै थिए। 

त्यहि बेला सोध्न पर्ने थ्यो उ को हो भनेर तर म निशब्द भए। आज त्यही भारी पर्दै छ। उस्ले छोड्नुको पिडा एक तर्फ अनि अन्जान उ को होला भन्ने अर्को तर्फ। तर थाहा छ कसैको पर्खाइमा पीडा, आराम, रमाइलो, सजाय सबै पाउन सकिन्छ । हाहा! ! हाँसो को पात्र जस्तो लाग्छ आफुलाइ यस्सो हेरिआउँदा। जब उस्को मुड अफ हुन्थ्यो म उस्लाइ हसाउन के के सम्म गर्थिन्। नगरेको सायद एउटै चिज होला उस्को नामको ट्याटु हानिन। दिलमा लेखेको उस्को नाम त्यो ट्याटुभन्दा के कम थ्यो र। कास, उ बुझकी भएको भए। 

म दुःखी थिए, उ पनि दुःखी थिइ। उस्का दुःख मैले पिइदिए। उ खुसी भइ । म महादेव बन्न सकिन । उस्को दुःख लाइ विष मानेर कण्ठमा राख्न। म सामान्य मानिस भए। दुःख माथि थपिएको दुःख ले कमजोर बनाउदै थियो मलाइ। तर म सॅंग उस्को साथ थियो। जब सम्म साथ थियो मलाइ ति दुःख का भुमरीले तान्न खोजेपनि साथले बाहिर तानिदिन्थ्यो। अब म सॅंग साथ नभएर होला, म तानिदै छु भुमरी तर्फ।

उस्ले भन्ने गर्थी हजुर सधैं फन्नी हो भनेर। कतै झुक्किएर उस्ले यो पढी हालि भने उस्को लागि- माथि उल्लेखित कुराहरु सब सोचेर लेखिएको हो। कसैको चित्त दुखाउने उद्देश्यले लेखिएको हैन।यो मुड्डि मानिस भन्दै छ यो मुड्डि मनको कुना बाट भन्दै छ - 

जब साला मूड सही न हो तो पिछले जन्म के भी दुख याद आने लगते हैं।

Post a Comment

0 Comments